प्यूठान । झिमरुक गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को वित्तिय प्रगति सार्वजनिक गरेको छ । चालू र पुजिगत निकासा बजेटको आधारमा कुल ८४ दश्मलव ७४ प्रतिशत वित्तिय प्रगति भएको हो ।
पुँजीगत तर्फ ८२ दश्मलव ५९ प्रतिशत र चालु तर्फ ८५ दश्मलव ३२ प्रतिशत वित्तिय प्रगति भएको गाउँपालिकाका सहायक लेखा अधिकृत अरबिन्द महतले जानकारी दिनुभयो ।
गाउँपालिकाले यस आर्थिक वर्षमा कुल ६० करोड १० लाख बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षको सम्पूर्ण कारोबारको भुक्तानी प्रक्रिया असार २५ गते राती १२ देखि बन्द भएको छ ।



S.K. Creative Media Group