सुजल श्रेष्ठ
प्यूठान । प्यूठान जिल्ला अदालतमा सवैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्धा परेको छ । आर्थिक वर्ष २०८१।०८२ मा ३८९ वटा सम्वन्ध विच्छेदको मुद्धा दर्ता भएको हो । प्यूठान अदालतमा दर्ता भएको जम्मा ७९० वटा मुद्धा मध्ये सम्वन्ध विच्छेदको मात्रै ३८९ वटा मुद्धा दर्ता भएको हो । जसमध्ये ३२८ वटा फर्छौट भएको श्रेस्तेदार राजेन्द्र कुमार शर्माले बताउनुभयो । आर्थिक वर्ष २०८०।०८१ मा प्यूठान अदालतमा ७०४ वटा मुद्धा मध्ये ३४२ वटा सम्बन्ध विच्छेदका मुद्धा रहेको थियो ।
तीन आर्थिक वर्षको तुलनामा बढी मुद्धा फर्छौट
आर्थिक वर्ष ०८१।०८२ मा ७९० मुद्धामध्ये ५५७ वटा मुद्धा फर्छौट भएको छ । तीन आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१।०८२ मा सवैभन्दा बढी ७० दशमलव५० प्रतिशत मुद्धा फर्छौट भएको प्यूठान अदालतको तथ्यांक छ । २३३ वटा मुद्धा फर्छौट हुन बाँकी रहेको छ ।
२०७९।०८० मा ५८० मुद्धा मध्ये ४०० मुद्धा फर्छौट भएको थियो । २०८०।०८१ मा ७०४ मुद्धा मध्ये ५०२ मुद्धा फर्छौट भएको थियो ।
अदालतले २१७ वर्ष १० महिना २३ दिन कैद र २८ लाख ८३ हजार १६८ रुपियाँ जरिवाना असुल उपर गरेको छ । यस वर्ष जिम्मेवारी सरेर आएका २३३ वटा मुद्धालाई आगामी मंसिर महिनाभित्र शुन्यमा झार्ने गरि योजना बनाइएको श्रेस्तेदार शर्माले बताउनुभयो ।




S.K. Creative Media Group