प्यूठान । प्यूठान उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ज्ञामुराम न्यौपाने र गौमुखी बजार क्षेत्रका अध्यक्ष कमला पोख्रेल न्यौपाने दम्पतीले गौमुखी बजार क्षेत्रलाई नि:शुल्क जग्गा प्रदान गर्नुभएको छ ।

गौमुखी बजार क्षेत्रको सचिवालय भवन निर्माणको लागि न्यौपाने दाम्पतीले गौमुखी बजार क्षेत्रको मुख्य ब्यापारिक केन्द्र ठुलावेसीमा रहेको १३ लाख ६० हजार मूल्य बराबरको १३० बर्ग मिटर क्षेत्रफल जग्गा प्रदान गर्नुभएको हो ।

सोमबार बजार क्षेत्रको नाममा रजिष्टेशन पास गरि प्रदान गरिएको ज्ञामुराम न्यौपानेले बताउनुभयो । बजार क्षेत्रका उपाध्यक्ष कृष्ण बहादुर मल्ललाई मालपोत कार्यालय प्यूठानको परिसरमा जग्गा धनी प्रमाण पत्र हस्तान्तरण गर्नुभएको हो ।

न्यौपाने परिवारले यसअघि खुङ स्वास्थ्य चौकी, जनज्योति आधारभूत विद्यालय पुँजा, शिशु प्राविको खुङलाई पनि निःशुल्क जग्गा प्रदान गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय