प्यूठान । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति प्यूठानले सहिद मनोज, झपेन्द्र, सुरेन्द्र, स्मृति दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरेको छ । मल्लरानी गाउँपालिका वडा नम्वर ३ स्थित पर्यटकीय क्षेत्र बुकीडाँडामा विहीबार विहान वृक्षारोपण गरिएको हो ।

दिवसको अवसरमा दालचिनी, सितलचिनी, कोइरालो लगायत जातका ५० वटा विरुवा रोपिएको छ । प्रमुख जिल्ला अधिकार दिपकराज नेपाल, डिभिजन वन कार्यालय प्यूठानका प्रमुख धनिश्वर न्यौपाने लगायतको उपस्थितीमा वृक्षारोपण गरिएको हो ।

संगठनले स्मृति दिवसको अवसरमा हरेक वर्ष विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्दै आएको अध्यक्ष राम बहादुर बस्नेतले बताउनुभयो । यसवर्ष घेरावार सहितको उपयुक्त ठाउँ भएकाले बुकीडाँडामा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले पेशागत हकहितका लागि आन्दोलन गर्ने क्रममा विभिन्न कालखण्डमा शहिद भएका मनोज जोशी, झपेन्द्र कार्की र सुरेन्द्र विकप्रति श्रदासुमन प्रकट गर्नुभयो ।

 

कार्यक्रममा स्वागत उपाध्यक्ष सागर पण्डित र सञ्चालन सह सचिव सित्तल आचार्यले गर्नुभएको थियो । कार्यक्रममा कर्मचारी संगठनका पदाधिकारी, स्थानीय बन उपभोक्ता समितिका सदस्य, स्थानीयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय