प्यूठान । प्यूठान जिल्लाकै अग्लो र लामो झोलुङ्गे पुलको बिहीबार औपचारिक रुपमा उद्घाटन गरिएको छ । गौमुखी गाउँपालिकाको २ र ३ वडा जोड्ने गरी ३७३ मिटर लामो देउराली-लामडाडा झोलुङ्गे पुलको प्रतिनिधि सभा सदस्य सूर्य थापाले उद्घाटन गर्नुभएको हो ।
सस्पेन्सन बृज डिभिजन पुल्चोक ललितपुर अन्तर्गत १८० मिटर अग्लो पुल निर्माण भएको हो ।
पुल निर्माण गर्न अधिकारी/अपर तामाकोसी जेभीले ठेक्का पाएको थियो । दुई करोड ७२ लाख ७४ हजार रुपियाँमा ठेक्का सम्झौता भएको सस्पेन्सन बृज डिभिजन पुल्चोक ललितपुरले जनाएको छ ।
०८१ जेठमा सम्झौता भएको निर्माणको काम ०८२ मंसिर सम्म सम्पन्न गर्ने म्याद भएपनि त्यसाघि नै सप्पन्न भएको हो पुल निर्माण भएपछि सहज आवतजावत संगै गौमुखी क्षेत्रमा पर्यटन प्रवर्द्धन समेत हुने स्थानीयको अपेक्षा छ ।



S.K. Creative Media Group