प्युठान । जिल्लाको झिमरुक गाउँपालिकाका विभिन्न वडा बस्तिमा विद्युत लाइन बिस्तार भएको लामो समय भएपनी विद्युत लाइन डिम हुने र पटकपटक लाइन जाने समस्य भएको भन्दै लाइनमा समस्या हल गर्न नेपाल विद्युत प्राधिकरण बितरण शाखा प्युठान सहित पालिकाले अनुगमन थालेको छ ।

झिमरूक गाउँपालिका भित्रका विभिन्न वडा र बस्तिहरुमा विद्युतको लाइन डिमभएर उपभोक्ताहरुले बेलुकाको समयमा बत्ती बाल्न नपाउने भएको र स्थानीयले घरायसी प्रयोजनका लागि जोडेका कुटानी पिसानी गर्ने साना मिल नचल्ने, साना घरेलु विद्युतिय औंजार समेत नचल्ने समस्या समाधान गर्न अनुगमन थालिएको गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिनुभयो । झिमरुक गाउँपालिकाका विभिन्न वडाका बस्तिहरुमा विद्युतको लाइन व्यवस्थित गर्न आवश्यक ट्रान्सफर्मर थप्नु पर्ने र केहि पोलतार समेत थप्नुपर्ने देखिएको उपाध्यक्ष पोख्रेलले जानकारी दिनुभयो । उहाँले पालिका भित्र लाइन सुधार बिस्तार गर्न नेपाल विद्युत प्राधिकरण बितरण शाखा प्युठान सकारात्मक भएको प्रतिक्रिया दिनुभयो ।

झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल, जनप्रतिनिधि, नेपाल विद्युत प्राधिकरण बितरण शाखा प्युठानका निमित्त कार्यालय प्रमुख इन्जिनियर रिदेश श्रेष्ठ, गाेपाल चाैधरी, विद्युत प्राधिकरण मच्छि काउन्टरका प्राविधिक लाल बहादुर खड्का, स्थानीय  सहितकाे टोलिले झिमरुक गाउँपालिका भित्रका बस्तिमा पुगेर अनुगमन गरेको छ ।

झिमरुक गाउँपालिका ७ काे तुषारा उपल्लाकाेट ठाँटी महतचाैर साेहरपानी, वडा नम्बर २ र ३ काे काेटफेर, मैदाना, गैरागाउ सिमसारा, वडा नम्बर १ काे डाडाखर्क गातिना, दुवाचाैर , वडा नम्बर ५ र ६ काे मच्छि खहरे चुधारा, चिचिण्डे, कुभिण्डे, वडा नम्बर ४ काे हुराना चाैके कमदले क्षेत्रमा बस्तिमा विद्युत लाइन थप व्यवस्थित गर्न करिब ४ वटा ट्रान्सफर्मर थप गर्नुपर्ने आवश्यकता देखिएको  नेपाल विद्युत प्राधिकरण बितरण शाखा प्युठानका निमित्त कार्यालय प्रमुख इन्जिनियर रिदेश श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय