प्यूठान । नेकपा एमाले प्यूठानका नेता गोविन्द गिरीले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । बुधवार पार्टीका सवै पदबाट राजीनामा दिएको गिरीले जानकारी दिनुभएको हो ।
गिरी एमाले प्यूठानको जिल्ला कमिटी सदस्य र खेलकुद महासंघ इन्चार्ज हुनुहुन्थ्यो ।
पार्टीमा आम जनता र नयाँ पुस्ताका युवाहरुको भावना विपरित सामन्तीबादी प्रवृती हाबी हुुँदै गएकाले उक्त पार्टीमा रहीरहन मनले नमानेको गिरीको राजीनामामा उल्लेख छ । आफू अबदेखि स्वतन्त्र रुपमा काम गर्ने समेत उहाँले बताउनुभएको छ ।




S.K. Creative Media Group