काठमाडाैँ । नेकपा एमालेले मंसिर अन्तिम साता ११ औँ महाधिवेशन गर्ने निर्णय गरेकाे छ । आइतबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
साथै पार्टीले संसद् पुनःस्थापना र हालको प्रतिगमनविरुद्ध एकजुट हुने रणनीति अघि सारेको छ। पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीका अनुसार तीन दिनदेखि जारी पदाधिकारी बैठकले यी विषयलाई २९, ३० र ३१ गते बस्ने केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको छ।
उपमहासचिव ज्ञवालीले सरकार असंवैधानिक तरिकाले बनेको र चुनावको वातावरण नभएको बताउनुभयो । ‘सरकार चुनाव गराउने तयारीमा छैन। दलहरूलाई धम्काएर निर्वाचन कसरी हुन्छ? चुनावको आत्मा मरिरहेको छ।’
ज्ञवालीले भन्नुभयो, संसद् पुनःस्थापनाले अहिलेको राजनीतिक समस्याको निकास दिनेछ। पार्टी अध्यक्ष केपी ओलीको राजीनामा मागबारे बाहिर आएका बहस अनावश्यक रहेको उहाँको भनाइ थियो । एमालेको महाधिवेशन मङ्सिर अन्तिम साता हुने तय भएको छ भने मिति र स्थान केन्द्रीय कमिटी बैठकले निर्धारण जानकारी दिनुभयो ।



S.K. Creative Media Group