काठमाडौँ । लगातारको वर्षाको कारण तुइन खोला पुल नजिकै सडक माथिबाट खसेको ढुंगा सहितको पहिरोको कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ।

सडक माथिबाट ढुंगाहरू झर्ने क्रम रोकिएकोले मेशिनको प्रयोग गरी पहिरो हटाउने कार्य सुरु भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न भरतपुरले अनुरोध गरेको छ। फाइल फोटो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय