प्यूठान । जिल्लाको दुर्गम पालिकाको रुपमा रहेको नौबहिनी गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । ८ वडा रहेको नौबहिनी गाउँपालिका अन्य वडामा भत्ता वितरणको सकिएको र आज वडा नम्बर ८ को वडा कार्यालय फोप्लीमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागिएको हो ।
स्थानीय जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्ति र अशक्त ब्यक्तिलाई लक्षित गरेर सहजताको लागि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष डिल बहादुर थापाले जानकारी दिनुभयो ।
दुर्गम र भूगोल अफ्ट्यारो भएको हिडेर बैंक सम्म पुगेर भत्ता बुझ्न सेवाग्राहीलाई समस्या भएको भन्दै वडा वडा पुगेर भत्ता दिने गरिएको अध्यक्ष थापाको भनाइ छ ।
गौमुखी गाउँपालिका र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको सहमतिमा पालिकाका सबै वडाका वडा कार्यालयना पुगेर भत्ता वितरण गरिएको गाउँपालिकाले जनाएको छ । १ नम्बर वडाबाट शुरु भएको वितरण कार्य सबै ८ वटा वडामा पुगेर गरिने गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो ।
आफ्नै वडा केन्द्रबाटै भत्ता बुझ्न पाउँदा स्थानीय सेवाग्राही खुसी भएका छन् । बिहानैदेखि वडामा लाइन बसेर स्थानीयले आफ्नो भत्ता बुझ्न लागेका छन् ।
त्यस्तै जिल्लाका झिमरुक गाउँपालिका, मल्लरानी गाउँपालिका, स्वर्गद्वारी नगरपालिका, नौबहिनी गाउँपालिका, सरुमारानी गाउँपालिका, गौमुखी गाउँपालिकाले बैंकसंगको समझदारीमा गाउँ पुगेर भत्ता वितरण गर्दै आएका छन । सबै सुरक्षा प्रवन्ध सहित बैंकको कर्मचारी टोली, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र सुरक्षा निकाय सहित भत्ता वितरणको काम भैरहेको पालिकाहरुले जनाएका छन् ।



S.K. Creative Media Group