प्यूठान । ऐरावती गाउँपालिकाका ५ वटा वडामा नि:शुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाको १,२,३,४ र ६ नम्बर वडामा मंगलबार पशु स्वास्थ्य सिविर सप्पन्न भएको हो ।

ऐरावती गाउँपालिका हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र खलंगाको सहजिकरणमा सञ्चालीत ऐरावती कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास साझेदारी परियोजना अन्तर्गत पशु स्वास्थ्य शिविर गरिएको हो । शिविरमा ५ वटा वडाका ७ सय सेवाग्राहीले सेवा लिएका छन ।

शिबिरमा पशु स्वास्थ्य जाच सहित औषधि समेत बितरण गरिएको थियो । बुधबार ५ नम्बर वडामा शिविर संचालन हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय