प्यूठान । मल्लरानी गाउँपालिका ४ टोप्रेमा भएको जीप दुर्घटनामा १७ महिनाकी बालिकाको मृत्यु भएको छ । मल्लरानी गाउँपालिका २ स्याला निवासी राधिका सुनारको छोरी प्रतिमा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

दुर्घटनामा प्यूठान नगरपालिका ९ निवासी २८ वर्षीय सृजना घर्ति, सृजनाको १७ महिनाको छोरा अनिरुद्र घर्ति, ४१ वर्षीय कल्पना सुनार घाईते भएका छन ।

मल्लरानी गाउँपालिका २ निवासी २८ वर्षीया राधिका सुनार, झिमरुक गाउँपालिका ६ निवासी ३२ वर्षीय छविलाल सुनार, २७ वर्षीय सन्तोष चुदारा, ३९ वर्षीया आसुमाया चुदारा, २७ वर्षीय लेटर चुदारा र चालक मल्लरानी गाउँपालिका २ स्याला निवासी ३४ वर्षीय प्रेम सुनार घाईते भएको प्रहरी निरीक्षक हरि भट्राईले जानकारी दिनुभयो ।

दिउँसो सवा १२ बजे मल्लरानी–खलंगा सडक खण्ड अर्न्तगत टोप्रेको घुम्तीमा ग १ ज ७८१४ नम्वरको जीप दुर्घटना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय