काठमाडौं । नेकपा एमालेको विघटित संसदीय दलको बैठक सुरु भएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही समय अघि दलको बैठक सुरु भएको हो।

एमालेले असंवैधानिक तरिकाले विघटन गरिएको संसदलाई पुनस्र्थापना गर्नुपर्ने नेकपा एमालेको मागलाई थप शसक्त बनाउन दलको बैठक बोलाइएको विघटित प्रतिनिधि सभाका एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो।

विघटित प्रतिनिधि सभामा एमाले दलका प्रमुख सचेतक बर्तौलाका अनुसार पार्टीले असंवैधानिक ठहर गरेको संसद विघटन र पुनस्र्थापनाका बारेमा अध्यक्ष केपी शर्मा ओलीले साँसदहरुलाई जानकारी गराउनुहुनेछ ।

संसद विघटनको संवैधानिक परीक्षण बाँकी रहकोले त्यसका लागि दल वा साँसद अदालतमा जाने विषयमा पनि आजको छलफल केन्द्रित हुने बर्तौलाले जानकारी दिनुभयो ।

गएको भदौ २७ गते प्रतिनिधि सभा विघटन भएको थियो। आगामी फागु्न २१ गते तोकिएको निर्वाचनका लागि निर्वाचन आयोगले मंसिर १ गतेदेखि मंसिर १० गतेसम्म प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय निर्धारण गरेको छ ।

एमालेले प्रतिनिधि सभाको बैठक असंवैधानिक भएको ठहर गरेको छ। एमालेको १० औं केन्द्रीय कमिटी बैठकले भनेको छ– ‘संसद् विघटन असंवैधानिक छ। त्यसैकारण पुनर्स्थापनाका लागि आन्दोलनमा होमिनुपर्छ।’ निर्णय लगत्तै एमालेले संसद् पुनर्स्थापनालाई मुख्य एजेन्डा बनाएर आन्दोलनमा नै होमिसकेको छ। एमालेले वडा, पालिका र जिल्लामा एकचरणको जनप्रदर्शन र भेला गरिसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय