प्यूठान । प्यूठानको लिवाङमा एक महिलाले आफैले जन्माएको नवजात सिशुको हत्या गरेको प्रहरीले जनाएको छ । गौमुखी गाउँपालिका-६ लिवाङ बुक्तिचौर निवासी बिपना सुनारलाई शिशुको हत्या गरेको आरोपमा प्रहरीले पकाउ गरेको हो ।

२१ वर्षिया सुनारले सोमबार सिशुलाई जन्म दिएर नजिकैको गहुँ बारीमा लाश फेला परेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक हरी भट्टराईले जानकारी दिनुभयो । पर पुरुषसंगको सम्बन्धबाट बच्चा जन्माई कर्तब्य गरी गाडेको खुल्न आएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिनुभयो ।

सुनारलाई अदालतबाट म्याद थप गराई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय