प्यूठान । ऐरावती गाउँपालिका-१ दाङवाङ स्थित दाङवाङ माध्यमिक विद्यालयको नव निर्मित छात्रावास तथा विद्यालय भवन उद्घाटन गरिएको छ । भारत सरकार र ऐरावती गाउँपालिकाको लगानीमा निर्माण भएको भवनको बुधबार एक कार्यक्रममा बीच उद्घाटन गरिएको हो ।
नेपाल स्थित भारतीय राजदुतावासका काउन्सिलर गीतान्जली ब्रैंडन र ऐरावती गाउँपालिकाका अध्यक्ष नबिल बिक्रम शाहले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । ३ करोड ३९ लाख २२ हजार ५ सय १ रुपियाँको लागतमा भवन निर्माण गरिएको हो । भारत सरकारको ८० प्रतिशत र गाउँपालिकाको २० प्रतिशत लागत सहभागिता रहेको छ ।
२०८१ वैशाख २६ गते सम्झौता भएको परियोजनाको २०८२ साउन २५ गते निर्माण सप्पन्न भएको हो ।





S.K. Creative Media Group