काठमाडौँ । नेकपा एमालेले ११औँ महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउने उद्देश्यले विभिन्न उपसमिति गठन गरेको छ।
बिहीबार बसेको सचिवालय बैठकले महाधिवेशनका सम्पूर्ण व्यवस्थापन र समन्वयलाई लक्षित गरी संयोजक र सचिव तोक्दै उपसमितिहरू गठन गरेको पार्टीले जनाएको छ।
बैठकले प्रतिनिधि व्यवस्थापन समितिको संयोजकमा काशीनाथ अधिकारी र सचिवमा माधव ढुंगेललाई जिम्मेवारी दिएको छ । त्यस्तै, जनपरिचालनका लागि प्रदीप ज्ञवाली संयोजक र राजन भट्टराई सचिव तोकिएका छन् । आवास व्यवस्थापन समितिको नेतृत्व छविलाल विश्वकर्मा र सचिवमा लालबाबु पण्डितलाई तोकिएको छ ।
खाद्य व्यवस्थापन समितिको संयोजकमा लेखाराज भट्ट र सचिवमा भीष्म अधिकारी, यातायात व्यवस्थापन समितिको नेतृत्व गोकर्ण विष्ट, सचिवमा रचना खड्का, अतिथि सत्कार समितिको संयोजन रघुवीर महासेठ, सचिवमा महेश बर्तौलालाई जिम्मेवारी दिएको एमालेले जनाएको छ ।
यसैगरी, यस्तै भानुभक्त ढकाल संयोजक र विनोद पाण्डे सचिव रहेका स्वयम सेवक परिचालन समिति, पद्मा अर्याल संयोजक र राजेन्द्र गौतम सचिव रहेको प्रचार समिति, विनोद श्रेष्ठ संयोजक र लोकबहादुर भण्डारी सचिव रहेको मञ्च व्यवस्थापन समिति गठन भएको छ ।
यस्तै, कृष्ण गोपाल श्रेष्ठ संयोजक र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष सचिव रहेको स्वास्थ्य समिति, विष्णु रिमाल संयोजक र विना श्रेष्ठ सचिव आर्थिक समिति बनाइएको एमालेले जनाएको छ।
एमालेको दशौँ केन्द्रीय कमिटी बैठकले मंसिरको २७, २८, २९ गते ११ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो । सुरुमा पोखरामा गर्ने भनिएको एमालेको महाधिवेशन पछि काठमाडौं गर्नेगरी सचिवालय बैठकले निर्णय लिएको थियो ।





S.K. Creative Media Group