प्यूठान । ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सन्चारकर्मी जुमान सिंह केसी सम्मानित हुनुभएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आज एक कार्यक्रमको आयोजना गरि केसीलाई सम्मान गरेको हो ।
आम संचार माध्यमबाट अनवरत रुपमा अपाङ्गता भएका ब्यक्तिहरुको सवाललाई उजागर गरि अपाङ्गता समाबेसी बिकासका लागि महत्त्वपूर्ण योगदान पुर्याए बापत केसीलाई सम्मान गरिएको हो ।
संचार तथा सूचना प्रबिधि मन्त्री जगदीश खरेलले सम्मान पत्र प्रदान गर्नुभएको हो । नेपालगन्जका पत्रकार सिराज खान पनि सम्मानित हुनुभएको छ ।



S.K. Creative Media Group