प्यूठान । प्यूठान जिल्लाको सदरमुकाम नजिकै रहेको धार्मिक स्थल झाँक्रिस्थान मन्दिरको व्यवस्थापन र पर्यटन प्रवर्द्धन सम्बन्धि अन्तरक्रिया तथा छलफल सप्पन्न भएको छ । मल्लरानी गाउँपालिका वडा नंं. ४ मा अवस्थित पवित्र धार्मिक स्थल झाँक्रिस्थान मन्दिरको व्यवस्थापन गरि उक्त क्षेत्रलाई धार्मिक एवम् पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नको लागि प्यूठान उद्योग वाणिज्य संघ मल्लरानी बजार क्षेत्रको आयोजनामा सरोकारवाला निकायहरुसंग छलफल तथा अन्तरक्रिया सम्पन्न भएको हो ।
कार्यक्रमबाट पवित्र धार्मिक स्थल झाँक्रीस्थानलाई व्यवस्थित र पर्यटन प्रवर्द्धन गर्नको लागि सरोकारवाला निकायहरु सँग समन्वय गरी उक्त क्षेत्रको व्यबस्थापन गर्नको लागि प्यूठान उद्योग वाणिज्य संघ मल्लरानी बजार क्षेत्रले नेतृत्व गर्ने गरी कार्य अगाडी बढाउने निर्णय भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले झाँक्रीस्थानको बिकासका लागि पालिकाले प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो । उहाँले सडक, बिभिन्न संरचना निर्माणमा समन्वय र सहकार्य गर्दै आएको उल्लेख गर्नुभयो । संघ, प्रदेश र स्थानीय सरकारले यस ठाउँको बिकासमा लगानी गरेको उहाँले जानकारी गराउनुभयो ।
विशेष अतिथी प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले यस क्षेत्रको बिकासका लागि निजी क्षेत्रले हातेमालो गर्न तयार रहेको बताउनुभयो । सदरमुकाम खलंगा सहितको बिकासका लागि झाँक्रीस्थानको महत्त्वपूर्ण भुमिका हुने भएकाले ब्यबस्थित गर्दै जानुपर्ने बताउनुभयो ।
प्यूठान उद्योग वाणिज्य संघ मल्लरानी गाउँपालिका क्षेत्रका अध्यक्ष भरत कुमार श्रेष्ठले स्वागत तथा विषयबस्तुबारे जानकारी गराउदै सडकमा मन्दिर जाने ठाउँ उल्लेख गर्नुपर्ने, बिद्धुत, सिसि क्यामरा जडान , सडक स्तरोन्नति, भेटी ब्यबस्थापन लगायत विषयलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
सहभागीले मन्दिर ब्यबस्थापनको काम तत्काल थाल्नुपर्ने सुझाब दिएका थिए ।
मल्लरानी बजार क्षेत्रका अध्यक्ष भरत कुमार श्रेष्ठको अध्यक्षता तथा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का ज्यूको प्रमुख आतिथ्यता र प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष श्री सन्देश आचार्य, मल्लरानी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत श्री विजय पौडेलको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल सामुदायिक उपभोक्ता समिति लुम्बिनी प्रदेशका सदस्य दामोदर शमा,मल्लरानी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष गोपाल थापा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका सदस्य जुमान सिंह के.सी., नेपाल घरेल तथा साना उद्योग महासंघ प्यूठानका अध्यक्ष नवीन प्रकाश श्रेष्ठ, खलङ्गा खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिका अध्यक्ष वासुप्रसाद श्रेष्ठ बजार क्षेत्रका पदाधिकारि तथा कार्यसमिति, सम्बन्धीत स्थानका समुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तथा प्रतिनिधिहरु, संघका कर्मचारी र स्थानीयको सहभागीता थियो ।
कार्यक्रमको सञ्चालन प्यूठान उद्योग वाणिज्य सघंका कार्यकारी निर्देशक प्रकाश खनालले गर्नु भएको थियो ।





S.K. Creative Media Group