प्यूठान । नेपाली कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमले आगामी निर्वाचनमा आफु चुनावमा उम्मेदवार नबन्ने बताउनुभएको छ । एकता सन्देश सभालाई सम्बोधन गर्न प्यूठान आउनुभएका नेता गौतमले पत्रकार भेटघाटमा अब चुनावमा उठ्ने आफ्नो इच्छा नरहेको बताउनुभएको हो ।
“म अब चुनाव लड्छु भन्ने मानसिकता बोकेर यहाँ आएको होइन,” नेता गौतमले भन्नुभयो, “म चुनाब लड्छु, सांसद बन्छु, मन्त्री बन्छु भन्ने सोँच हटाईसकेको छु ।” आफु पार्टीको जिम्मेवारी पुरा गर्न निरन्तर सक्रियता पुर्वक लाग्ने उहाँले बताउनुभयो ।
नेता गौतमले जेन्जी आन्दोलनपछि १७ वटा दल एक ठाउँमा आएर नेपाली कम्युनिस्ट पार्टी बनेको स्मरण गर्दै यो पार्टीले देशको हितमा काम गर्ने बताउनुभयो । आगामी निर्वाचनमा सबैभन्दा धेरै सिट जितेर सरकारको नेतृत्व गर्ने दावी गर्नुभयो ।
प्यूठान जिल्लाबाट २०७० सालमा निर्वाचित भएपछि संविधान जारी गर्न महत्त्वपूर्ण भुमिका खेलेको बताउदै जिल्लाको थुप्रै बिकास निर्माणका काम अघि बढेको नेता गौतमले बताउनुभयो । उहाँले आफु निरन्तर सरकारमा हुन नपाउदा कतिपय काम पुरा हुन नपाएको उल्लेख गर्नुभयो ।
प्रेस सेन्टर नेपाल र समाजबादी पत्रकार संगठनले संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाटमा यादप पौडेलको अध्यक्षता, इमान सिंह भारतीको स्वागत र केशर सुनारको संचालन रहेको थियो ।



S.K. Creative Media Group