रोल्पा । रोल्पा त्रिबेणी गाउँपालिका वडा नं. २ भागोबारीस्थित सहिद राजमार्गमा  लिवाङबाट घोराहीतर्फ जाँदै गरेको रा १ ख २३५६ नम्बरको बस आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा चार जना यात्रु घाइते भएका छन ।

दुर्घटनामा चालक  रोल्पा रुन्टिगढी गाउँपालिका वडा नं. २ सुर्पाल बस्ने वर्ष २९ का जसा घर्तिले बस चलाइरहेका थिए। दुर्घटनापछि घाइतेहरूलाई उपचारका लागि स्वास्थ्य चौकी नुवागाउँ रोल्पा पठाइएको छ ।  बस चालकलाई प्रहरी चौकी नुवागाउँको नियन्त्रणमा लिइएको छ।

दुर्घटनाको समयमा बसमा चालकसहित आठ जना सवार रहेकोमा अन्य यात्रुहरूलाई कुनै चोटपटक नलागेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरूमा दाङ घोराही उपमहानगरपालिका वडा नं. १८ बस्ने वर्ष २४ का रेशम बुढा (टाउकोमा चोट), सोही स्थान वडा नं. १२ बस्ने वर्ष ३९ का जब्बर अन्सारी (कम्मरमा चोट),  रोल्पा त्रिबेणी गाउँपालिका वडा नं. ४ बस्ने वर्ष ४६ का हस्त बहादुर घर्ती (कम्मरमा चोट) र उहाँको श्रीमती वर्ष ४२ की तिला घर्ती (दाहिने हातमा चोट) रहेका छन । सबै घाइतेहरूको अवस्था सामान्य रहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय