अन्तर सरकारी अनुगमन समन्वय तथा अन्तरक्रिया कार्यक्रम नौबहिनी गाउपालिकामा सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति प्युठानकाे आयाेजनामा भएको कार्यक्रममा जिल्ला स्थित सबै प्रदेश कार्यालयका प्रमुख तथा प्रतिनिधिले आर्थिक बर्ष २०८२/०८३ मा स्थानिय स्तरमा गरिने बिकास आयाेजना र कार्यान्वय प्रकृयाका बारेमा जानकारी गराउनु भएको थियाे ।

कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जिसिले कार्यक्रमकाे प्रभाबकारिता , सुसाशन र प्रभाबकारि समन्वयको लागि कार्यक्रमकाे मुख्य उपलब्धि हुने बताउनु भएको छ । प्रमुख जिसिले कार्यक्रम जिल्ला स्थित सबै सराेकारवाला , बिषयगत कार्यालयका प्रमुख प्रतिनिधि बिचकाे छलफलले , बिकास निर्माणमा याेजना नदाेहाेरिने , प्रभाबकारी कार्यान्वयमा यस्ले महत्व राख्ने बताउनु भएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले शान्ति सुरक्षाले सेवा प्रबाहामा महत्त्वपूर्ण भुमिका रहने हुदा घरेलु मदिराकाे कारण त्यसबाट प्रभाबित हुने गरेकाे , बिकास निर्माण , शुसासन , अनुगमन , मुल्यांकन ,समन्वय र सहकार्यमा कमजोरी देखिएकाे अबस्थाले यस्ता कार्यक्रमले समस्या समाधान हुने बताउनु भएको छ । स्थानिय सरकार स्वायत्त अधिकार प्राप्त निकाए भएको बताउदै बिषयगत कार्यालय सङ्ग स्थानिय तहले समन्वयको कार्य बढाउनु पर्ने बताउनु भएको छ ।

प्रहरी नायब उपरीक्षक नरहरिनाथ अधिकारिले प्रहरिले शान्ति सुरक्षा , लागू औषध नियन्त्रण , आत्महत्या नियन्त्रण तथा यातायात क्षेत्रमा क्षमता भन्दा बढि यात्रु राख्ने र त्यसबाट हुन सक्ने क्षति न्युनिकरणमा विशेष ध्यान दिएकाे बताउनु भएको छ । प्रहरी नायव उपरीक्षक अधिकारिले चुनाब केन्द्रित शान्ति शुरक्षाका बियषमा पनि विशेष सुरक्षा याेजना साथ अगाडि बढेकाे बताउनु भएको छ ।

कार्यक्रमका बिषयगत कार्यालयले गरेका याेजनाका बिषयमा उठेका सबालमा सम्बन्धित कार्यालय प्रमुखले जवाफ दिनुभएको थियाे ।
कार्यक्रमकाे उदेश्य बारे जिल्ला समन्वय अधिकारी भाेज बहादुर भण्डारीले जानकारी गराउनु भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय