प्यूठान । मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र खलंगा प्यूठानको ४४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको सभाहल खलंगामा सोमबार संस्थाका साधारण तथा आजिवन सदस्यहरुको उपस्थितीमा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा सचिव पुनम श्रेष्ठले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिवेदन अनुसार संस्थामा हाल चार वटा परियोजना सञ्चालनमा रहेका छन । झोलुंगे पुल क्षेत्रगत कार्यक्रम, कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता विकास कार्यक्रम, स्वस्थ माटोको लागि पुर्नउत्थानशिल कृषि अभ्यास कार्यक्रम र दिगो यौन तथा प्रजनन स्वास्थ्य र अधिकार सुदृढीकरण कार्यक्रम सञ्चालनमा रहेको छ ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष पशुपति श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आर्थिक वर्ष ०८१/०८२ मा ४ करोड ११ लाख ७३ हजार ८६८ रुपियाको आयव्यय रहेको छ । चालु आर्थिक वर्षमा १ करोड ५७ लाख ४८ हजार ५९९ रुपियाँको प्रस्तावित आयव्यय रहेको छ ।

कार्यक्रममा संस्थाका उत्कृष्ट कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो । साथै आजिवन सदस्य र विभिन्न उप समितिका सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष निर्जला कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष लक्ष्मण श्रेष्ठ र सञ्चालन कार्यकारी प्रमुख विजय कुमार श्रेष्ठले गनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय