प्यूठान । जिल्लाको झिमरुक गाउँपालिकाले उत्कृष्ट नतिजा ल्याउने शिक्षक, विद्यार्थी र विद्यालयलाई सम्मान गरेको छ । शुक्रवार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि उत्कृष्ट नतिजा हासिल गर्ने शिक्षक, विद्यार्थी र विद्यालयलाई सम्मान गरेको हो ।
गउँपालिकामा रहेका प्राथमिक, आधाभुत र माध्यमिक तहका कक्षा ५, ८, १० र १२ कक्षा सञ्चालन भएका बिद्यालय सहित प्रधानाध्यापक, शिक्षक र विद्यार्थीलाई नगद, प्रमाणपत्र, खादा र टिकाले सम्मान गरिएको थियो ।
बिद्यालयतर्फ कस्ले पाए पुरस्कार
झिमरुक गाउँपालिकामा रहेका प्राथमिक बिद्यालय मध्ये कक्षा पाँचमा उत्कृष्ट नतिजा हासिल गर्ने तीन बिद्यालयलाई नगदसहित सम्मान गरिएको छ ।
उत्कृष्ट नतिजा ल्याउनेमा आधरभुत तह कक्षा पाँच तर्फ झिमरुक गाउँपालिका-३, स्थित बालज्योती नेपाल राष्ट्रिय आधारभुत बिद्यालय प्रथम, झिमरुक-१ स्थित अमर प्राथमिक बिद्यालय द्धितिय र झिमरुक-१ कै जनचाहना प्राथमिक बिद्यालय तृतिय भएका छन् । प्रथम, द्धितिय र तृतिय हुने बिद्यालयलाई क्रमश १ लाख, ७५ हजार र ५० हजार रुपैया नगद पुरस्कार प्रदान गरिएको छ ।
त्यस्तै आधारभुत बिद्यालय तर्फ प्रथम भएको झिमरुक गाउँपालिका-८ स्थित ज्ञानज्योती आधारभुत बिद्यालयलाई १ लाख ५० हजार, द्धितिय भएको गाउँपालिका- ७ स्थित सिता माद्यामिक बिद्यालयलाई एक लाख रुपैया र तृतिय झिमरुक गाउँपालिका -४ स्थित भिमसेन आधारभुत बिद्यालयलाई ५० हजार रुपैया नगद सहित सम्मान गरिएको झिमरुक गाउँपालिकाले जनाएको छ ।
यस्तै कक्षा १० मा प्रथम झिमरुक गाउँपालिका-२ स्थित सर्वाेदय माध्यमिक बिद्यालय गडेरपानीलाई ३ लाख, द्धितिय झिमरुक-४ स्थित लक्ष्मी माध्यमिक बिद्यालय वांगेमरोटलाई १ लाख ५० हजार र तृतिय झिमरुक-३ स्थित प्रभात माध्यमिक बिद्यालय आहालखोलालाई १ लाख रुपैया पुरस्कार प्रदान गरिएको झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमरराज सेजुवालले जानकारी दिनुभयो ।
यस्तै कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल बिद्यालयमा झिमरुक गाउँपालिका-२ स्थित सर्बाेदय माध्यमिक बिद्यालय गडेरपानीलाई नगद ३ लाख ५० हजार रुपैया सहित प्रमाणपत्र र खादाले सम्मान गरिएको शिक्षा शाखा प्रमुख पुष्प रानाले जानकारी दिनुभयो ।
विद्यार्थीतर्फ कस्ले पाए पुरस्कार
आधारभुत तह कक्षा पाँचतर्फ प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीलाई झिमरुक गाउँपालिकाले नगद पुरस्कर र प्रमाणपत्र सहित सम्मान गरेको छ।
प्रथम हुनेमा झिमरुक-५, स्थित बालशिक्षा माबीका स्वपनिल पोख्रेल, तृतिय झिमरुक-३, स्थित बालज्योती नेरा आबिका विन्दु बिक र तृतिय झिमरुक-५, स्थित नेरा माबीका करिश्मा जिसीलाई क्रमश ५ हजार ५ सय, ४ हजार र तीन हजार नगद प्रमाणपत्र सहित पुरस्कर प्रदान गरिएको छ।
त्यस्तै आधारभुत तह कक्षा ८ सामुदायिक बिद्यालय तर्फ प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीलाई झिमरुक गाउँपालिकाले नगद पुरस्कर र प्रमाणपत्र सहित सम्मान गरेको छ।
प्रथम हुनेमा झिमरुक-५, स्थित बालशिक्षा माबीका दिपसन जिसी, तृतिय झिमरुक-५, स्थित बालशिक्षा माबीका यमुना ढकाल र तृतिय झिमरुक-५, स्थित बालशिक्षा माबी कै अनुप ढकाललाई क्रमश ६ हजार, ४ हजार ५ सय र ३ हजार ५ सय प्रमाणपत्र नगद सहित पुरस्कर प्रदान गरिएको छ।
त्यस्तै आधारभुत तह कक्षा ८ संस्थागत बिद्यालय तर्फ प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीलाई झिमरुक गाउँपालिकाले नगद पुरस्कर र प्रमाणपत्र सहित सम्मान गरेको छ।
प्रथम हुनेमा झिमरुक-७, तुषारा स्थित ग्रेडफ्युचर बोडिङ स्कुलबाट आशिष केसी, तृतिय झिमरुक-७, तुषारा स्थित ग्रेडफ्युचर बोडिङ स्कुलबाट शुसन्दिप जिसी र तृतिय झिमरुक-७, तुषारा स्थित ग्रेडफ्युचर बोडिङ स्कुलबाट कै सुजन रोकालाई क्रमश ६ हजार, ४ हजार ५ सय र ३ हजार ५ सय प्रमाणपत्र नगद सहित पुरस्कर प्रदान गरिएको छ।
यस्तै माध्यमिक तह कक्षा १० सामुदायिक बिद्यालय तर्फ प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीलाई झिमरुक गाउँपालिकाले नगद पुरस्कर र प्रमाणपत्र सहित सम्मान गरेको छ।
प्रथम हुनेमा झिमरुक-७, स्थित सत्य माबीका सुमन महतरा र सुजल जिसी, तृतिय झिमरुक-७, स्थित सत्य माबीकि करुणा भण्डारी र तृतिय झिमरुक-७, स्थित सत्य माबी कै सुवास जिसीलाई क्रमश ६ हजार ५ सय, ५ हजार र ४ हजार नगद प्रमाणपत्र सहित पुरस्कर प्रदान गरिएको छ।
यस्तै माध्यमिक तह कक्षा १२ सामुदायिक बिद्यालय तर्फ प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीलाई झिमरुक गाउँपालिकाले नगद पुरस्कर र प्रमाणपत्र सहित सम्मान गरेको छ।
प्रथम हुनेमा झिमरुक-२, स्थित सर्वोदय माबीका विपिन थापा र तृतिय झिमरुक-२, स्थित सर्वोदय माबीकी कल्पना महतरा क्षेत्री र तृतिय झिमरुक-२, स्थित सर्वोदय माबी कै प्रशंसा महतरालाई क्रमश ७ हजार, ६ हजार र ५ हजार नगद, प्रमाणपत्र सहित पुरस्कर प्रदान गरिएको छ।
सामुदायिक बिद्यालय प्रअ तर्फ ५ कक्षामा
सामुदायिक बिद्यालयको आधारभुत तह कक्षा ५ मा प्रधानाध्यापक तर्फ प्रथम र विषयगत शिक्षक तर्फ उत्कृष्ट हुने शिक्षक शिक्षिकालाई झिमरुक गाउँपालिकाले नगद पुरस्कर र प्रमाणपत्र सहित सम्मान गरेको छ।
प्रथम हुनेमा झिमरुक-३, स्थित बालज्योति नेरा आबिका प्रधानाध्यापक शंकर बहादुर बस्नेतलाई १२ हजार नगद प्रमाणपत्र सहित पुरस्कर प्रदान गरिएको छ।
विषयगत शिक्षकहरुलाई पनि सम्मान गरिएको छ । झिमरुक-३, स्थित बालज्योति नेरा आबिका नेपाली शिक्षिका लक्ष्मी भण्डारी, गणित शिक्षक सर्वजित कार्की, अङ्ग्रेजी शिक्षक शंकर बहादुर बस्नेत, बिज्ञान शिक्षिका रबिना बिक, स्थानीय विषय शिक्षिका शर्मिला केसी, झिमरुक-१, स्थित अमर प्राबिका सामाजिक अध्ययन तथा मानव मूल्य विषय शिक्षक ईश्वरा अर्याल, स्वास्थ्य तथा शारीरिक शिक्षा शिक्षक चेतमान जिसीलाई नगद १० हजार सहित प्रमाणपत्रले सम्मान गरिएको पालिकाले जनाएको छ।
सामुदायिक बिद्यालय प्रअ तर्फ ८ कक्षामा
सामुदायिक बिद्यालयको आधारभुत तह कक्षा ८ मा प्रधानाध्यापक तर्फ प्रथम र विषयगत शिक्षक तर्फ उत्कृष्ट हुने शिक्षक शिक्षिकालाई झिमरुक गाउँपालिकाले नगद पुरस्कर र प्रमाणपत्र सहित सम्मान गरेको छ।
प्रथम हुनेमा झिमरुक-८, स्थित ज्ञानज्योति माबिका प्रधानाध्यापक कमल जिसी र झिमरुक-७, तुषारा स्थित ग्रेडफ्युचर बोडिङ स्कुलका प्रीन्सिपल दिपेन्द्र जिसीलाई १२ हजार नगद प्रमाणपत्र सहित पुरस्कर प्रदान गरिएको छ।
विषयगत शिक्षकहरुलाई पनि सम्मान गरिएको छ । झिमरुक-५, स्थित बालशिक्षा माबिका नेपाली शिक्षिका बिन्दा ढुङ्गाना, झिमरुक-२, स्थित सर्वोदय माबिका गणित शिक्षक रामचन्द्र योगी, झिमरुक-७, स्थित सिता माबिकाअङ्ग्रेजी शिक्षक कमल बहादुर केसी, झिमरुक-८, स्थित ज्ञानज्योती आबिका बिज्ञान शिक्षक संदिप जिसी, सर्वोदय माबिका सामाजिक शिक्षक कमल गिरी, बालशिक्षा माबिका स्वास्थ्य शिक्षक सावित्रा जिसी र सिद्दिमान खड्का, र भिमसेन आबिका कम्प्युटर शिक्षक चेत बहादुर घर्तीमगरलाई नगद १० हजार सहित प्रमाणपत्रले सम्मान गरिएको पालिकाले जनाएको छ। भने बालशिक्षा माबिका स्वास्थ्य शिक्षक सावित्रा जिसी र सिद्दिमान खड्कालाई ५, ५ हजार नगद र प्रमाणपत्र हस्तान्तरण गरिएको छ।
सामुदायिक बिद्यालय प्रअ तर्फ १० कक्षामा
सामुदायिक बिद्यालयको माध्यमिक तह कक्षा १० मा प्रधानाध्यापक तर्फ प्रथम र विषयगत शिक्षक तर्फ उत्कृष्ट हुने शिक्षक शिक्षिकालाई झिमरुक गाउँपालिकाले नगद पुरस्कर र प्रमाणपत्र सहित सम्मान गरेको छ।
प्रथम हुनेमा झिमरुक-२, स्थित सर्वोदय माबिका प्रधानाध्यापक लाल बहादुर एमसी र झिमरुक-५, मच्छी स्थित गौमुख्री इङलिस सेकेण्डरी स्कुलका प्रीन्सिपल पदम बहादुर केसीलाई १२ हजार नगद प्रमाणपत्र सहित पुरस्कर प्रदान गरिएको छ।
विषयगत शिक्षकहरुलाई पनि सम्मान गरिएको छ । झिमरुक-२, स्थित सर्वोदय माबिका नेपाली शिक्षिक शिव बहादुर महतरा, झिमरुक-६, स्थित चिरायु माबिका गणित शिक्षक बसन्त बहादुर जिसी, झिमरुक-४, स्थित लक्ष्मी माबिका अङ्ग्रेजी शिक्षक रामचन्द्र बस्नेत, झिमरुक-२, स्थित सर्वोदय आबिका बिज्ञान शिक्षक राजेश बस्नेत, सत्य माबिका सामाजिक शिक्षक हरि जिसी, जनता माबिका ऐ. गणित शिक्षक सुर्य बहादुर महतरा र प्रभात आबिका ऐ. कृषि शिक्षक देबेन्द्र बहादुर केसीलाई नगद १० हजार सहित प्रमाणपत्रले सम्मान गरिएको पालिकाले जनाएको छ।
सामुदायिक बिद्यालय प्रअ तर्फ १२ कक्षामा
सामुदायिक बिद्यालयको माध्यमिक तह कक्षा १२ मा प्रधानाध्यापक तर्फ प्रथम उत्कृष्ट हुने शिक्षकलाई समेत पालिकाले नगद पुरस्कर र प्रमाणपत्र सहित सम्मान गरेको छ।
प्रथम हुनेमा झिमरुक-२, स्थित सर्वोदय माबिका प्रधानाध्यापक लाल बहादुर एमसीलाई १२ हजार नगद प्रमाणपत्र सहित पुरस्कर प्रदान गरिएको छ।
झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालीकाले उत्कृष्ट नतिजा ल्याउने बिद्यालय, बिद्यालयका प्रध्यानाध्यापक, बिषय शिक्षक र बिद्यार्थीलाई सम्मान गरेको हो ।
१८ लाख ६८ हजार ३ सय ३० रुपैयाँ बराबरको शिक्षा पुरस्कार
गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि स्वीकृत कार्यक्रम अन्तर्गत १८ लाख ६८ हजार ३ सय ३० रुपैयाँ बराबरको शिक्षा पुरस्कार रकम बिनियोजन गरेर हस्तान्तरण गरेको हो । गत वर्षदेखि झिमरुक सरकारले गौमुखी बहुमुखी क्याम्पसमा निशुल्क रुपमा पढ्ने बाताबरण मिलाएको गाउँपालिका अध्यक्ष एमसीले जानकारी दिनुभयो ।
झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत अमरराज सेजुवाल, वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, विभिन्न बिद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिती रहेको थियो ।











S.K. Creative Media Group