प्यूठान । आगामी नयाँ वर्ष २०८१ मा प्यूठानको पर्यटकीय स्थल मल्लरानी र स्याउलिवाङमा महोत्सव आयोजना गर्न लागिएको छ ।
गतवर्षदेखी जिल्ला सदरमुकाम खलंगाको शीरमा रहेको पर्यटकीय स्थल मल्लरानीमा यस वर्ष पनि खाना महोत्सवा सञ्चालन हुने भएको छ । मल्लरानी बजार इलाकाले महोत्सव सञ्चालन गर्ने निर्णय गरिसकेको अध्यक्ष बासु प्रसाद श्रेष्ठले बताउनुभयो । अघिल्लो वर्षभन्दा थप व्यवस्थित गरेर महोत्सव सञ्चालन गरिने उहाँको भनाई छ ।

मल्लरानीमा पछिल्लो समय जिपलाईन सहित विभिन्न पर्यटकीय संरचना निर्माण भएकाले अघिल्लो वर्षभन्दा धेरै पर्यटक महोत्सव अवलोकन गर्न पुग्ने अपेक्षा समेत गरिएको छ ।

त्यसैगरी नौबहिनी गाउँपालिका–१ स्याउलिवाङमा तेश्रो नौबहिनी–कोठिभिर कृषि, पर्यटन महोत्सव आयोजना गर्न लागिएको हो । चैत २९ गतेदेखी बैशाख ३ गतेसम्म स्याउलिवाङको खलेसवाङमा महोत्सव सञ्चालन हुने कोठिभिर विकास केन्द्र नेपालका अध्यक्ष पूर्ण बुढामगरले बताउनुभयो ।

महोत्सवले जिल्लाकै अग्लो स्थान कोठिभिर (३६५९ मिटर) को पर्यटन प्रर्वद्धन सँगै स्थानीय उत्पादनको बजारीकरणमा सहयोग गर्ने अपेक्षा गरिएको छ । आयोजकले मेलाको तयारीको काम समेत अघि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय