प्यूठान । चालिस वर्ष उमेर कटेका ब्यक्तिको मधुमेह, रक्तचाप, मृगौला र दमको जाँच गरिएको छ । फोप्ली स्वास्थ्य चौकीले आफ्नो सेवा क्षेत्रमा नि:शुल्क स्कृनिङ शिबिर आयोजना गरि उक्त सेवा दिएको हो ।

फोप्ली स्वास्थ्य चौकी, लुप्लुङ र खैरापुकमा गरि ५ दिनसम्म शिबिर संचालन गरिएको स्वास्थ्य चौकी प्रमुख प्रकाश घिमिरेले बताउनुभयो । नौबहिनी गाउँपालिका-८ मा पर्ने स्वास्थ चौकीले स्वास्थ्य कार्यालय प्यूठानको सहयोगमा कार्यक्रम गरेको घिमिरेले जानकारी दिनुभयो ।

उक्त शिबिरबाट ४ सय २३ जनाले सेवा लिएका छन । शिबिरमा आएका केहि बिरामीलाई थप उपचारका लागि जिल्ला अस्पताल प्रेषण गरिएको स्वास्थ्य चौकी प्रमुख घिमिरेले बताउनुभयो । पछिल्लो समय नसर्ने रोगका बिरामी बढ्दै गएकाले यो कार्यक्रम गरिएको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर