प्यूठान । ६७ ‌औं राष्ट्रिय सहकारी दिवशको अवसरमा प्रभातफेरी गरिएको छ । जिल्ला सहकारी संघ लिमिटेड प्यूठानले जुम्री बजारदेखी बिजुवारसम्म प्रभातफेरी गरिएको हो ।

 

प्रभातफेरी पछि आयोजित कोणसभामा बोल्दै संघका सल्लाहकार लोक बहादुर बस्नेतले सहकारी सस्थाहरु एकबद्द भएर सहकारीको मर्म अनुसार अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँले सहकारीको नियमन, सहजीकरण र आवश्यक सहयोग गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।

 

जिल्लाका विभिन्न सहकारीले बिबिध कार्यक्रम आयोजना गरि सहकारी दिवश मनाएको जिल्ला सहकारी संघ लिमिटेड प्यूठानले जनाएको छ। प्रत्येक वर्ष चैत २० गते नेपालमा सहकारी दिवस मनाउने गरिन्छ । संघका अध्यक्ष शुशिल पाेखरेलकाे अध्यक्षतामा भएको कोणसभाको संचालन प्रकाश बैधले गर्नु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर