
प्यूठान । स्वर्गद्वारी नगरपालिका-८ धनचौरमा आज बेलुका जीप दुर्घटना हुँदा ५ जना घाईते भएका छ । भिगृ देखी धनचौर तर्फ जादै गरेको लु.१ ज.३५६१ नं.को फोर्स गाडी उकालो चढ्ने क्रममा ब्रेक नलाग्दा पल्टिएको प्रहरीले जनाएको छ ।
गाडीमा रहेका १२ जना मध्ये ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । स्वर्गद्धारी नगरपालिका-८ का ४७ वर्षीय ठगिराम घर्तीमगर, २६ वर्षीया आस्ना घर्ती, ३५ वर्षीया भिमा भण्डारी, १६ वर्षीया लक्ष्मी सुनार र १६ वर्षीया मिना सुनारको घाईते हुनुभएको छ । घाइतेको जिल्ला अस्पताल बिजुवारमा उपचार भईरहेको छ ।