प्यूठान । झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले शैक्षिक क्षेत्रमा देखिएका कैयन विकृति र बिसंगति अन्त्यको लागि सबैको सहकार्य आवश्यकरहेको बताउनुभएको छ । झिमरुक गाउँपालिकाले बिहीबार उत्कृष्ट सिकाई उपलब्धि हासिल गर्ने विभिन्न बिद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा कर्मचारीको लागी प्रदान गरिएको पुरस्कर वितरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष महतरा क्षेत्रीले शैक्षिक गुणस्तर वृद्धिको लागि शैक्षिक क्षेत्रमा देखिएका सबै खाले विकृति अन्त्य गर्दै सामुदायिक बिद्यालयको पठनशिप वृद्धिको लागि शिक्षक शिक्षिका नै जिम्मेवार हुनुपर्ने बताउनुभएको हो ।


कार्यक्रमले शैक्षिक क्षेत्रमा सुधार गरि विद्यार्थीको रुचि अनुसार पठनपाठनमा अगाडि बढ्न मार्ग प्रसस्त गर्ने उहाँले बताउनुभयो । आफुलाई राज्यले दिएको कर्तव्य र जिम्मेवारी पूरा गर्दै उज्यालो अभियानमा कर्मनिष्ठ भएर अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले कर्मचारी र शिक्षकहरुलाई स्थानीय सरकारले काम गर्ने बाताबरण तयार गरिदिन लागि परेकाले उत्साहित भएर परिमाण आउने गरि काम गर्न सबैलाई आग्रह गर्नुभयो । हामी एउटै समाजको उपज भएकोले झिमरुकको समृद्धिको लागि सामुहिकतामा छलफल गर्ने र निर्णय लिने बानिको बिकास गर्नुपर्ने बताउनुभयो । सामुहिकताले नै समृद्धि ल्याउने उहाँले बताउनुभयो । राम्रो बनाउन शिक्षामा लगानिको दायरा फराकिलो बनाउनुपर्छ ।

उहाँले अबको एक हप्ता भित्र विद्यार्थीको हात हातमा स्थानीय पाठ्यपुस्तक पुर्याउने बताउनुभयो । दरबन्दी मिलान गर्दा कस्तो मापदण्ड बनाउने भन्ने बिषयमा लगातार लागेको बताउनुभयो । दरबन्दी मिलान गर्दा कसैलाई अन्याय नहुने गरि काम थालेको अध्यक्ष एमसीले बताउनुभयो । भरसक पायक पर्ने स्थानमा समायोजन गरिने मापदण्डमा छलफल नजिक पुगेको उहाँको भनाइ छ ।

कार्यक्रममा उपाध्यक्ष प्रमोद पोख्रेलले बिद्यालयमा सिकाई उपलब्धि हासील गर्न नसक्ने शिक्षकहरुलाई नतिजाको आधारमा सरुवा बढुवाको ब्यवस्था गर्नुपर्ने बताउनुभयो । उपलब्धि हासिल गर्न नसक्ने बिद्यालय र शिक्षकहरुलाई घटुवा र बढुवाको लागि एक संयन्त्र बनाएर अगाडि बढ्ने उपाध्यक्ष पोख्रेलले बताउनुभयो । “विद्यार्थी अपुग भएका बिद्यालयलाई घटुवा र मर्जर गर्ने तयारीमा छौँ,” उहाँले भन्नुभयो, “सबै समस्यालाई क्रमश पूरा गर्दै जाने कुरामा सरकार सचेत रहेको छ ।” सबैको हातेमालो गरेर अगाडि बढ्न सकेमात्र झिमरुकमा शैक्षिक गतिविधिना देशकै नमुना बिद्यालय बनाउन सहयोग पुग्ने बताउनुभयो ।


उत्कृष्ट सिकाइ उपलब्धी हासिल गर्ने विद्यालय, प्रधानाध्यापक, शिक्षक र विद्यार्थीलाई सम्मान

गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा झिमरूक गाउँपालिका अन्तर्गत रहेका उत्कृष्ट सिकाइ उपलब्धी हासिल गर्ने सामुदायिक तथा संस्थागत विद्यालय, प्रधानाध्यापक, शिक्षक र विद्यार्थीलाई नगद १० लाख २२ हजार पुरस्कार सहित प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको झिमरूक गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मोहन बिसीले जानकारी दिनुभयो ।

शैक्षिक सत्र २०७९ मा झिमरूक गाउँपालिका मै उत्कृष्ट सिकाइ उपलब्धी हासिल गर्ने विद्यालय, विद्यालयका प्रधानाध्यापक, शिक्षक र विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरिएको गरिएको हो ।
२०७९ को एसईई परिक्षामा जिल्ला प्रथम हुने झिमरूक-३, स्थित प्रभात माध्यमिक बिद्यालय नगद रू ३ लाख र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै पालिका स्तरीय कक्षा- ८ को परिक्षामा प्रथम हुने वडा नम्बर ८ स्थित ज्ञानज्योति आधारभुत बिद्यालयलाई नगद १ लाख ५० हजार, पालिका स्तरीय कक्षा- ५, को परिक्षामा प्रथम हुने वडा नम्बर ३ स्थित बालज्योति नेरा आविलाई नगद १ लाख ५० हजार र प्रमाणपत्रले सम्मान गरिएको छ ।

त्यस्तै कार्यक्रममा पालिका भित्रका कक्षा-५, ८ र १० सम्ममा उत्कृष्ट सिकाइ उपलब्धी हासिल गर्ने ३ जना प्रधानाध्याप र विषयगत शिक्षक ११ जना सहित जम्मा १४ जनालाई नगद १८ हजार पुरस्कार सहित प्रमाणपत्रले सम्मान गरिएको छ ।

विद्यार्थीतर्फ उत्कृष्ट सिकाइ उपलब्धी हासिल गर्ने कक्षा- १२ का ३ जना, कक्षा-१० का ६ जना, कक्षा- ८ का ३ जना र कक्षा -५ का ३ जना गरि जम्मा १५ जना विद्यार्थीलाई प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने क्रमशः १३ हजार, ११ हजार र ८ हजार नगदसहित प्रमाणपत्रले सम्मान गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मोहन बिसीले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थागत विद्यालयमा अध्ययनरत ३ जना विद्यार्थीलाई प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने लाई ५ हजार, ४ हजार र ३ हजार नगदसहित प्रमाणपत्र सम्मान गरिएको बताउनुभयो ।

गाउँपालिकामा शैक्षिकसत्रमा ५८६ मा ५८४ परिक्षामा सामेल ३८२ उत्तीर्ण २०२ अनुत्तीर्ण भएको अहिलको कक्षा ८ को रिजल्टको आकडा आएको छ्। उत्तीर्ण भएको प्रतिशतमा हेर्दा ६६ % हो । यो जिल्लामा तुलनात्मक रुपमा हेर्दा उत्तीर्ण संख्या सकारात्मक रहेको मोहन बिसीले बताउनुभयो । जिल्लाको २०७९ को एसइइ परिक्षामा जिल्ला मै पहिलो देखिएको छ । पहिलो, दोस्रो र तेस्रो नै झिमरुक गाउँपालिकाले हासिल गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत पवनकुमार शाही, वडा अध्यक्ष सिताराम पोख्रेल, गाउँ शिक्षा समितीका सदस्य इन्द्रमणी पोख्रेल, विभिन्न बिद्यालयका कार्यरत प्रधानाध्यापकहरु खोडस बहादुर केसी, सन्दिप कुमार जिसी, संकर बहादुर बस्नेत, दिपेन्द्र जिसी, लाल बहादुर एमसी, राम बहादुर जिसी, लगाए जनप्रतिनिधि विद्यार्थीले शैक्षिक क्षेत्रको बिकास एकताबाट मात्र सफल हुने भएकोले शैक्षिक गुणस्तर वृद्धिमा सबैको सहकार्य आवस्यक रहेको बोल्ने बक्ताहरुको जोड थियो । राम्रो कार्य गर्ने शिक्षक विद्यार्थी अभिभावकलाई सम्मान गर्ने परिपाटीबाट शैक्षिक गुणस्तरमा सहयोग पुग्ने भएकोले प्रोत्साहन गर्नु सकारात्मक भएको उहाँहरुको भनाइ थियो ।

गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत पवनकुमार शाही, शिक्षा अधिकृत मोहन विसी सहित वडा-अध्यक्षहरू, कार्यपालिकाका सदस्य, शिक्षा समितिका सदस्य, कर्मचारी, विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि , अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियोे । कार्यक्रमको संचालन तथा आवश्यक सहजीकरण झिमरूक गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मोहन बिसी र प्राबिधिक सहायक पुष्प रानाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय