प्यूठान । बागेश्वरी अशल शासन क्लब (बास) नेपाल जिल्ला शाखा प्यूठानले नेपाली राष्ट्रिय झण्डा दिवस मनाएको छ ।
पर्यटकीय क्षेत्र मल्लरानीमा जारी दोस्रो फुड फेस्टीबल कार्यक्रमको अवसरमा राष्ट्रिय झण्डा दिवस मनाइएको हो ।
कार्यक्रममा बास नेपाल जिल्ला शाखा प्यूठानका अध्यक्ष जुमान सिंह के.सी.ले राष्ट्रिय झण्डाको महत्त्वको बारेमा चर्चा गर्नुभयो ।उहाँले सरकारले राष्ट्रिय झण्डा दिवस मनाउनको लागि निर्णय गर्न समेत सुझाव दिनुभयो ।
उहाँले बासले देशभर बिबिध कार्यक्रम गरेर दिवश मनाएको बताउनुभयो ।