प्यूठान । झिमरुक गाउँपालिकाको ६ वटा वडामा मेलमिलाप केन्द्र स्थापना भएको छ । सोमबार झिमरूक गाउँपालिका वडा नम्बर ७ को वडा कार्यालयमा केन्द्र स्थापना भएसंगै ६ वटा वडामा केन्द्र स्थापना भएको हो ।

केन्द्रको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रिले जनताका पिरमर्कालाई स्थानिय तहबाटै मेलमिलाप गर्न सके जनताले राहत पाउने बताउनुभयो । त्यसका लागि मेलमिलापफकर्ताले न्यायिक समितिसम्म नपुग्नेगरि मेलमिलाप गर्न आग्रह गर्नुभयो ।

स्थानिय तह अन्तगत सामुदायिक मेलमिलाप केन्द्रकाे स्थापना गरियकाे बताउनुभयो । उहाँले ४८ घण्टे तालिमकाे ब्यवस्था गरेर मेलमिलापकर्ता लाइ तालिमकाे ब्यवस्था गरिएको बताउनुभयो । स्थानीय तहकाे न्यायिक समिति सक्तिशालि र प्रभाबकारि भएको भन्दै अधिकार समपन्न न्यायिक समितिले मेलमिलापमा जाेड दिनुपर्ने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष प्रमाेद पाेख्रेलले स्थानीय स्तरबाटै न्याय निरूपण गर्ने लक्ष सहित समितिले काम गर्दै आएको बताउनुभयो । सामान्य मुद्दाका लागि सदरमुकाम जाने बाध्यता हट्दै गएको उहाँको भनाई छ । गाउँपालिकाले ३० जना मेलमिलापकर्तालाई तालिम दिएको छ । वडा नम्बर ६ र ८ मा मेलमिलाप केन्द्र स्थापना हुन बाकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय