प्यूठान । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको आठौँ अधिवेशनको सबै तयारी पुरा भएको छ । बुधबार (आज) जुम्री स्थित होटल आयुष्माको सभाहलमा सुरु हुन लागेको अधिबेशनको सबै तयारी पूरा भएको पत्रकार महासंघ प्यूठान शाखाले जनाएको छ ।

जिल्ला शाखाले कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको पत्रकार महासंघ प्यूठान शाखा सचिव प्रकाश बैधले जानकारी दिनुभयो । उहाँका अनुसार महासंघको १५ औं साधारणसभा तथा आठौँ अधिवेशनमा जिल्ला शाखामा रहेका पत्रकारिता पुरस्कार वितरण, महासंघको सांगठनिक र आर्थिक प्रतिवेदन पनि पेश हुनेछ ।

महासंघको जिल्ला शाखाको नयाँ नेतृत्व भने विधान अनुसार केही महिनापछि जिल्ला, प्रदेश र केन्द्रको एकैपटक चयन हुने सचिव बैधले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय