अर्घाखाँची । अर्घाखाँचीको शितगंगामा बिहिबार दिउँसो बस दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य १८ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा अर्घाखाँची शितगंगा नगरपालिका- ८ लाहापेका अन्दाजी १३ बर्षिय प्रज्वल बुढाथोकीको गएराति चौराहा अस्पताल बुटवल उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । अहिले सवलाई पोष्टमाट्मका लागि प्रादेसिक अस्पताल बुटवलमा ल्याईएको छ ।
दाङबाट अर्घाखाँचीको सुपादेउरालीबाट फर्कने क्रममा गोरूसिङ्गे तर्फ जाँदै गरेको रा १ ख १५०५ नम्बरको बस गोरूसिङ्गे सन्धिखर्क सडकखण्डको शितगंगा-४ कोप्चिबासमा दुर्घटनामा परेको थियो । घाईते सबै दाङ गढुवा गाउँपालिका- १ का रहेका छन् ।
घाईते मध्ये ५७ बर्षिय डिल बहादुर पुरी र सोही ठाउकै ३३ बर्षिय गोमा पुरी गम्भीर घाईते हुनु भएको छ । घाईते सबै जनाको अहिले चौराहा अस्पताल बुटवलमा उपचार भैरहेको छ । गाडि ओरालो सडकमा एक्कासी ब्रेक फेल भई अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । बस चालकलाई ईलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।