माधव खनाल
अर्घाखाँची । लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको ऐतिहासिक प्रथम अधिवेशन दक्षिण कोरियाको दोङ्देमुनमा रहेको नेपाल थाइ रेस्टुरेन्टको सभा हलमा आइतबार सम्पन्न भएको छ । अधिवेशनले अर्घाखाँचीका हिमाल खनालको अध्यक्षतामा २७ सदस्यीय दक्षिण कोरिया लुम्बिनी प्रदेशको कार्यसमिति चयन भएको छ ।

जसको वरिष्ठ उपाध्यक्ष मदन गौतम, उपाध्यक्ष किरण बन्जाडे, नरेश शर्मा, विज्ञान अर्याल, मिलन थापा मगर, नारायण न्यौपाने, बिरेन्द्र राहु मगर र महिला उपाध्यक्ष नमुना ज्ञावली, महासचिव जयराम खनाल, सचिव दामोदर भुसाल, बिष्णु थापा, प्रकाश न्यौपाने निर्वाचित हुनुभएको छ ।

महिला सचिव वर्षा भण्डारी, कोषाध्यक्ष जितेन्द्र के.सी., सह-कोषाध्यक्ष राजेश कुमार चौरसिया, साहित्य संयोजक शुशिल बि.क., युवा संयोजक खगेन्द्र कुमार घर्तिमगर, बिद्यार्थी संयोजक सनु खनाल रहनुभएको छ ।

सदस्यमा क्रमश युवराज गौतम, सन्दिप न्यौपाने, सिद्धान्त कार्कि, राज गौतम, जिवन थापा, तुल्सीराम खनाल, नारायण खनाल र दिनेश पराजुली रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय