दाङ । दाङको भालुवाङमा ट्रकको ठक्करबाट एक जनाकाे मृत्यु भएको छ ।

सु.प.प्र. ००१६ ख २७७९ नम्बरको ट्रकले राप्ती गाउँपालिका-१ भालुबाङ चाेकमा ठक्कर दिँदा स्थानीय फलफूल व्यवसायी ५० बर्षिय लाेकप्रसाद भट्टराईकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक अमरबहादुर माझीले जानकारी दिनुभयो ।

मृतकका आफन्तले दोषीलाई कारवाही र मृतक परिवारलाई उचित क्षतिपूर्तिको माग राख्दै पुर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन ।

ठक्कर दिने गाडी र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय