तुलसीपुर । तुलसीपुर-घोराही सडक खण्ड आज बिहाननै देखि अवरुद्ध भएको छ । टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आफन्तले तुलसीपुर-घोराही सडक खण्ड अवरुद्ध गरेका हुन ।
शनिबार राती करिब ८:४० बजे घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत सौरीकुलामा घोराहीबाट तुलसीपुर आउँदै गरेको लु २ ख ५०८५ नम्बरको टिप्परले विपरीत दिशातर्फ आईरहेको बा ५८ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको दाङ प्रहरीले जनाएको । टिप्परको ठक्करबाट गम्भीर घाइते भएका घोराही-९, का ३९ वर्षिय कुल बहादुर बस्नेतको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाको दोषीलाई कार्वाही र मृतकको परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै बिहानैदेखि मृतकका आफन्तले घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत सौरीकुलामा सडक अवरुद्ध पारेका छन् । सडक अवरुद्ध हुँदा गन्तव्यमा हिडेका यात्रुहरू बाटोमै अलपत्र परेका छन । पीडित पक्ष र गाडी मालिक बिच छलफल गरेर सडक खुलाउने पर्यास भैरहेको प्रहरीले जनाएको छ ।



S.K. Creative Media Group