प्यूठान । प्रभु बैंक लिमिटेडले प्यूठानमा शाखा बिस्तार गरेको छ । प्यूठान नगरपालिका वडा नम्बर ४ जुम्रीमा शुक्रबार ३१५ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो ।

जिल्ला समन्वय समिति प्रमुुख धरम बहादुर जिसीले बैंकको नयाँ शाखाको उद्घाटन गर्नुभएको हो ।

प्रभु बैंकले नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको जनाएको छ । प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय