दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली मौलिक कला संस्कृतिहरुलाई असर गर्नेगरी विकृती भित्रिन थालेको प्रति चिन्ता व्यक्त गर्नु भएको छ । पछिल्लो समय तिज पर्वमा भित्रिन खोजेको विकृती विसंगती रोक्ने जिम्मेवारी सबैको भएको समेत बताउनुभयो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा तीज पर्वको अवसरमा बुधवार आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले तीज संस्कृतिको जगेर्ना गरेर अघि बढ्नु सबैको कर्तब्य भएको बताउनु भएको हो । मौलिक कला संस्कृतीको जगेर्ना गर्दै भित्रिन खोजेको विकृती विसंगतिलाई रोक्नेगरी पर्व मनाउन आग्रह गर्नु भएको छ ।
‘तिजलाइ भड्किलो बनाउन खोजिएको छ । विकृतिले घेर्न थालेको छ’उहाँले भन्नुभयो,‘भड्किलो तिलाई निरुत्साहित गर्ने जिम्मेवारी सबैको हो । यस तर्फ पनि हामीले ध्यान दिनुपर्ने छ ।’ शुभकामना आदान प्रदान कार्यक्रममा लुम्बिनी प्रदेशका कायम मुकायम प्रमुख सचिव महादेव पन्थ, मन्त्रालयका सचिव लगायत कर्मचारीहरुको सहभागीता थियो । हरितालिका तीजको अवसरमा लुम्बिनी प्रदेश सरकारले शुक्रबार सार्वजनिक विदा समेत दिएको छ ।



S.K. Creative Media Group