रोल्पा गंगादेब गाँउपालिकाको नाम र केन्द्र परिवर्तन भएको छ । भाद्र २० गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार गंगादेब गाँउपालिका रोल्पाको नाम पुरानै सुकिदह र केन्द्र पनि पुरानै सुखाओडार जिनाबाङ कायम गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

गंगादेव गाउँपालिका राल्पाकोे गत वैशाख ८ गतेको गाउँसभाले गाउँपालिकाको नाम परिवर्तन गरी सुकिदह गाउँपालिका रहने र केन्द्र साविक सुकिदह गाउँपालिका वडा नं. २ सुखाओडार (जिनाबाङं) मा स्थानान्तरण गर्ने सम्बन्धी गाउँसभाबाट पारित प्रस्ताव नेपाल सरकारमा पठाउने निर्णय समेत गरिएको थियो ।

लुम्बिनी प्रदेश सरकारको २०८१ साल भदौ ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्थानीय ऐन २०७४ को दफा ४ मा व्यवस्था भए बमोजिम गंगादेव गाउँपालिकाको नाम परिबर्तन गरेर सुकिदह र केन्द्र परिवर्तन गरेर सुखाओडार जिनाबाङ पहिले कै पुराने नाम र केन्द्र कायम गर्नको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउएको थियो ।

गाँउपालिको नाम र केन्द्र परिबर्तन गरेर पुरानै कायम गर्न भनि प्रदेश सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गंगादेब गाँउपालिकाको नाम र केन्द्र परिबर्तन गर्नको लागी सिफारिस गरेको थियो ।

गाँउपालिकाको नाम र केन्द्र परिबर्तन गर्ने सिफारिस अनुसार स्थानीय ऐन २०७४ को दफा ४ मा व्यवस्था भए बमोजिम प्रदेश सरकार (कार्यसम्पादन) नियमावली २०७४ को अनुसूची १ बमोजिम सो प्रस्ताव पेश गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय