दाङ । संविधान सभा अध्यक्ष सुवास चन्द्र नेम्वाङको प्रथम स्मृती दिवसमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।

लुम्बिनी प्रदेश सभा सचिवालयले प्रथम स्मृती दिवसमा श्रद्धाञ्जली अर्पण समारोह राखेको थियो । प्रदेश सभा सचिवालयमा पुगेर मुख्यमन्त्री आचार्यले नेम्वाङ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको हो ।

नेपाली राजनीतिलाई सहि दिशा प्रदान गर्न संविधान सभा अध्यक्ष लगायत जिम्मेवारीमा रहेर खेल्नु भएको अतुलनिय भूमिकाको स्मरण गर्नु भयो । नेम्वाङ २०४८ र २०५१ सालमा राष्ट्रियसभा सदस्य तथा २०५६, २०७४ र २०७९ सालको संसदीय निर्वाचन तथा २०६४ र २०७० सालमा भएका संविधानसभा निर्वाचनमा इलामबाट विजयी हुनुभएको थियो ।

लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्ती मगर लगायत प्रदेश सभा सदस्यहरुले श्रद्धाञ्जली अर्पण गर्नु भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय