रोल्पा । गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेसकाे आयाेजना र महालेखापरिक्षकको कार्यालयको सहकार्यमा रोल्पामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेरुजु सम्बन्धी सवाल र समपरिक्षणको प्रकृयामा सरोकारवालाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

 

कार्यक्रममा उप-महालेखापरिक्षक बामदेव शर्मा अधिकारीको प्रस्तुतीकरण राक्नुभएको थियो । जनप्रतिनिधि र कर्मचारीले आफ्ना समस्या राख्नु भएको थियो । कार्यक्रममा उठेका सबालहरुमा महालेखा परिक्षककाे कार्यालयका सचिब बामदेव शर्मा अधिकारीले उठेका प्रस्नहरुकाे जवाफ सहित निर्देशन समेत दिनुभएको छ ।

गाउँपालिका राष्ट्रिय महासंघ लुम्बिनी प्रदेसका अध्यक्ष बिष्णु कुमार गिरिको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राेल्पा जिल्ला सम्बन्य समिति रोल्पाका प्रमुख सीता आचार्य रहनुभएको थियो ।

कार्यक्रमको संचालन सचिब झक बहादुर विश्वकर्माले गर्नुभएको छ । यसअघि २६ गते रुकुम पुर्बमा अन्तरकृया कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय