दाङ । दाङमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घोराही–लमही सडक खण्डको लमही नगरपालिका-६ को कुसुम गैरा भन्ने ठाउँमा रा ८ प २९४० नम्बरको मोटरसाइकल बिहीबार बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
लमहीबाट घोराही जादै गरेको मोटरसाइकल दुर्घटनामा घोराही उपमहानगरपालिका–१८ नवलपुर निवासी २७ वर्षीय श्रवण पुन र घोराही उपमहानगरपालिका–४ निवासी २१ वर्षीय विनोद केसीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।
मृतकको शवलाई पोस्टमार्टमको लागी लमही अस्पतालमा राखिएको छ । प्रहरीले घटना बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।



S.K. Creative Media Group