प्यूठान । ॐ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नै भवन निर्माण गरेको छ । मल्लरानी गाउँपालिका ४ खलंगामा रहेको नब निर्मित भवनको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले उद्घाटन गर्नुभएको हो ।

भवन निर्माणमा हालसम्म कुल १९ लाख २५ हजार ९ सय ८५ रुपैया खर्च भए‌को कोषाध्यक्ष पुनम श्रेष्ठले जानकारी दिनुभयो ।संस्थाको जगेडा कोष र भवन निमार्ण कोषबाट रकम खर्च गरिएको समेत उहाँले बताउनुभयो ।

वि.सं. २०५७ साल साउन २६ गतेका दिन शेखरचन्द्र प्रधानको अध्यक्षतामा संस्था दर्ता गरिएको थियो । संस्थाको नेतृत्वमा समाजसेवी स्वर्गीय निमरायण नकर्मी, बिजय कुमार श्रेष्ठ, रमेश कुमार श्रेष्ठ र हाल वर्तमान नेतृत्व श्री लोकेन्द्र सुनारले गर्दै आउनु भएको छ । सहकारीको शेयर सदस्यको ५०२ जना रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय