प्यूठान । विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्यूठानको तेस्रो वार्षिक साधारणसभा सप्पन्न भएको छ । संस्थाका सात वटा इलाकामा एकै पटक साधारणसभा गरिएको हो ।
पाँच हजार पाँच सय २५ जना शेयर सदस्य रहेको सहकारीको दुई करोड २४ लाख ४७ हजार आठ सय रुपियाँ शेयर पुँजी रहेको छ । सहकारीमा बचत रकम २१ करोड १५ लाख ४६ हजार ४०६ रहेको प्रतिबेदनमा उल्लेख छ ।
०८०/०८१ मा दुई हजार ७३ जनालाई ऋण प्रवाह गरेको छ । १६ करोड ७७ लाख ७० हजार एक सय ५९ रुपियाँ ऋण लगानी गरेको संस्थाले जनाएको छ ।
सहकारीको जगेडा कोष एक करोड ९६ लाख ५० हजार तीन सय ५४ रुपियाँ पुगेको छ । सहकारीको कुल सम्पत्ति २६ करोड ६५ लाख ३४ हजार आठ सय ५६ पुगेको प्रतिबेदनमा उल्लेख छ ।
सहकारीले बचत तथा ऋण कारोबारको साथै सदस्य मृत्यु राहत, सुत्केरी भेटघाट कार्यक्रम, लघुबित्त कार्यक्रम लगायतका सेवा प्रवाह गर्दै आएको छ ।

प्यूठान उद्योग वाणिज्य संघमा भएको कार्यक्रममा संचालक समितिका सदस्य प्रभात श्रेष्ठको अध्यक्षता, जेष्ठ सदस्य हरिहर प्रसाद लवटको प्रमुख आतिथ्यता, सल्लाहकार भोज बहादुर बस्नेत र डिमराज पोख्रेलको विषेश आतिथ्यता रहेको थियो ।
सबै इलाकाबाट भएका निर्णय प्रमाणीकरण गर्न सोमबार केन्द्रीय कार्यालय जुम्रीमा प्रतिनिधिमुलक निर्णय प्रमाणीकरण सभा हुने संस्थाले जनाएको छ । कार्यक्रमको संचालन कमल बिकले गर्नुभएको थियो ।




S.K. Creative Media Group