प्यूठान । विजय फुलबारी बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभाको निर्णय प्रमाणीकरण सभा सम्पन्न भएको छ । सहकारीको केन्द्रीय कार्यालय जुम्रीमा आज एक कार्यक्रमका बीच साधारणसभाको निर्णय प्रमाणीकरण गरिएको हो ।
असोज १९ गते सम्पन्न सात वटा इलाका स्तरी साधारणसभाबाट छनौट भएका प्रतिनिधिहरुको सहभागितामा सभा गरिएको हो । सभामा विभिन्न निर्णय प्रमाणीकरण गरिनुको साथै विभिन्न विधामा पुरस्कार र सम्मान प्रदान गरिएको छ ।

जेष्ठ नागरिक शेयर सदस्य अम्बा खड्का, गुमादेवी थापा, कविराज शर्मा, राजेन्द्र पौडेल, लिलादेवी जि.सी. र नित्यानन्द आचार्यलाई सम्मान गरिएको छ ।
उत्कृष्ट बचतकर्तामा बमी रानामगर, निमादेवी केसी, हरिहर प्रसाद लवट, कमल मल्ल, अनिता कुमाललाई पुरस्कार प्रदान गरिएको छ । असल ऋणीमा गिर बहादुर धामी, पूर्णकुमारी पुनमगर, सीता पुनमगर, प्रविन्द्र सिंह विकलाई पुरस्कार प्रदान गरिएको छ ।
त्यसैगरी सदस्यता वृद्धिमा योगदान दिने गुमानराज पुलामी, ज्ञान प्रसाद श्रेष्ठ, उत्कृष्ट सुझावकर्ता धुर्व के.सी., रेशम बहादुर ठेडी उत्कृष्ट सञ्चालक छन्द बहादुर बस्नेतलाई सम्मान गरिएको छ ।
पूर्वकर्मचारी राजकुमारी श्रेष्ठ र उत्कृष्ट कर्मचारी कौशल्या नेपालीलाई पुरस्कार प्रदान गरिएको छ । उत्कृष्ट बाल बचतकर्तामा प्रान्जल खड्का, समीर कुमार श्रेष्ठ, मनसुन श्रेष्ठ, निरन्जना पौडेल र प्रशान्त वैद्यलाई पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्ने बत्ताहरुले सहकारीले सदस्यलाई व्यवसायमा जोड्नका लागि प्रेरित गर्नुपर्ने बताएका थिए । पाँच हजार बढी सदस्य संख्या रहेको सहकारीले वर्षेनी कम्तीमा एक सय जनालाई स्वरोजगारको क्षेत्रमा लाग्न प्रेरित गर्दै सहयोग गर्नुपर्नेमा जोड दिएका छन ।
सहकारीका अध्यक्ष नेत्रमणी आचार्यको अध्यक्षता तथा जेष्ठ सदस्य राजेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सचिव मोहन सुवेदीले प्रगति प्रतिवेदन, सञ्चालक समिति सदस्य खिम बहादुर जि.सी.ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष राधा पुलामीले स्वागत र सञ्चालन व्यवस्थापक प्रकाश वैद्यले गर्नुभएको थियो ।



S.K. Creative Media Group