प्यूठान । उपभोक्ता हितलाई ध्यानमा राखेर व्यापार व्यवसाय गर्न सरोकारवाला निकायले सुझाएका छन् । उपभोक्ता हितलाई प्राथमिकता दिँदै उपभोक्ताको स्वास्थ्यप्रति संवेदनशिल हुँदै व्यापार व्यवसाय सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका हुन ।

घरेलु तथा साना उद्योग कार्यालय प्यूठानले आयोजना गरेको उद्योग तथा वाणिज्य फर्मसँग गुणस्तरीय बस्तु तथा सेवा विषयक अभिमुखिकरण कार्यक्रममा बोल्ने सरोकारवालाले स्वास्थ्यलाई प्रतिकुल असर गर्ने बस्तु विक्री वितरण हुन नदिन संवेदनशिल हुनुपर्नेमा जोड दिइएको छ ।

लुम्बिनी प्रदेश सदस्य तुल्सीराम शर्माले उपभोक्ताको अधिकारलाई ध्यानमा राखेर सेवा प्रवाह गर्न आग्रह गर्नुभयो । यसमा व्यवसायी जिम्मेवार हुन आवश्यक रहेको उहाँको भनाई छ । उहाँले लुम्बिनी प्रदेशले उद्योग सञ्चालन सम्वन्धी ऐन बनाएको र प्रमाणीकरणको चरणमा रहेको जानकारी गराउनुभयो ।

लुम्बिनी प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठले जनताको स्वास्थ्यसँग खेलवाड नगरि सेवा दिनुपर्ने धारणा राख्नुभयो । गुणस्तरहिन मदिरा, विषादीयुक्त तरकारी लगायतका विषयमा संसदमा कुरा उठाएको भन्दै उहाँले नीतिगत समस्याको विषयमा छलफल गरि समाधान खोज्नुपर्ने बताउनुभयो ।

प्यूठान उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष प्रमोद पोख्रेलले म्याद गुज्रिन थालेका सामान पहाडी जिल्लामा आउने गरेको भन्दै त्यसतर्फ जिल्लाका व्यवसायी चनाखो हुनुपर्ने बताउनुभयो । सामान राख्ने बेला म्याद भए÷नभएको एकीन गर्न उहाँले व्यवसायीलाई आग्रह गनुृभयो ।


घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख मनि गुरुङले पेय पदार्थको उपभोग्य अवधि कम हुने भएकाले त्यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो । कार्यालयले अुनगमनका क्रममा तरकारी तथा फलफुलको विल विजक जारी नहुने, विषादी जाँच गर्न नसकिने अवस्था रहेकोले कतिपय नितिगत रुपमै सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले उपभोक्ता हित सम्वन्धि जनचेतनामुकल कार्यक्रम गर्दै आएको जानकारी गराउनुभयो ।

जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सी., निर्माण व्यवसायी संघ प्यूठानका अध्यक्ष नविन श्रेष्ठ, पत्रकार महासंघ प्यूठानका सहसचिव राम बहादुर विश्वकर्माले मन्तव्य राख्दै उपभोक्ता हितको लागि सवैपक्ष जिम्मेवार हुनुपर्ने बताउनुभएको थियो । स्वागत कार्यालयका लेखापाल धरम बहादुर डिसीले गर्नुभएको थियो । प्यूठान उद्योग वाणिज्य संघको सहकार्यमा भएको कार्यक्रमको सञ्चालन संघका कार्यकारी निर्देशक प्रकाश खनालले गर्नुभएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न बजार इलाकाबाट उद्योगी, व्यवसायीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय