दाङ । दाङको देउखुरीमा राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । बिहीवार दिउँसो राप्ती नदिमा नुहाउने क्रममा डुबेर तीन बालिकाको ज्यान गएको हो ।
लमही नगरपालिका-२ रनियाँपुर निवासी १२ वर्षीय झरना चौधरी, सोही ठाउँकि १२ वर्षीय निशा चौधरी र गढवा गाउँपालिका-४ खडकपुर हाल लमही नगरपालिका-५ लमही गल्ली बस्ने १२ वर्षीय कृष्टी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक कृष्टी चौधरी गोरखा मोडेल सेकेण्डरी स्कुल लमही कक्षा ८ मा अध्ययनरत रहेकी थिइन् । यस्तै झरना चौधरीले राप्ती गाउँपालिकाको पत्थर गढवा स्थित रहेको मार्टिन एकेडेमी कक्षा ४ मा र निशाले सोही विद्यालयको कक्षा ६ मा अध्ययनरत रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी इश्वर थापाले जानकारी दिनुभयो ।
बिहीवार दिउँसो पौने दुई बजेको समयमा राप्ती नदीमा नुहाउने क्रममा डुबेर बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृतक बालिकाहरुको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा ल्याइएको छ । घटना बारे प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ।



S.K. Creative Media Group