काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल वापतको बक्यौता नबुझाएको भन्दै ४३ उद्योगको विद्युत् लाइन काटिदिएको छ।

देशभर ४३ उद्योगले डेटिकेटेड फिडर र ट्रंक लाइन वापतको विद्युतको बक्यौता रकम नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरणले बिहीबार रातिदेखि विद्युत लाइन काटिएको जानकारी दिएको छ।

बिहीबार बिहान प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री दीपक खड्काले लाइन काट्न नहुने धारणा राखेका राख्नुभएको थियो । प्रधानमन्त्री केपि शर्मा ओलीको पनि उद्योगीलाई अहिले चिढाउन नहुने आशय रहेको थियो । तर बैठकले महसुलबारे कुनै निर्णय गर्न नसकेपछि बिहीबार रातीबाटै लाइन काट्न थालिएको हो ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेका उद्योगले महसुल बुझाउनुपर्ने र ९० दिनको पूर्वनिर्धारित समय कटेकाले लाइन काट्न दवाव दिएको उद्योगीको भनाइ छ ।

विद्युत प्राधिकरणका अनुसार विद्युतको बक्यौता रकम नबुझाउने सोनापुर सिमेन्ट, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्टको विद्युत लाइन काटेको छ। त्यस्तै भलवारी स्वचालित कारखाना, हुलास स्टिल, अशोक स्टिल, हिमाल आइरन एण्ड स्टिल, सोनापुर सिमेन्ट, श्याम प्लास्टिक उद्योगलगायत कारखानाको पनि विद्युत काटिएको छ।

गत असोज २४ गते प्राधिकरणले सूचना प्रकाशित गरेर ४९ उद्योगलाई २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड फिडर तथा ट्रंक लाइन वापतको बक्यौता बुझाउन ताकेता गरेको थियो।

नेपाल विद्युत प्राधिकरणले महसुल बुझाउनुपर्ने उद्योगीलाई कात्तिक ८ गतेसम्मको समय सीमा दिएको थियो । बिहीबार मात्रै पाँच उद्योगले बक्यौता वापतको महसुल बुझाएको प्राधिकरणले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय