माधव खनाल
अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । १८ जना घाइते भएका छन ।

भुमिकास्थान नगरपालिका वडा नम्बर ५ र ६ को सिमाना दयठाटीमा आज बेलुका अन्दाजी ५ बजे देउसी भैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नम्बरको बसको ब्रेक फेल भएपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताउनुभयो ।

भैलो खेल्न आएको बसको एक्कासी ब्रेक फेल भई बाटोमा भैलो खेलिरहेका समुहलाई ठक्कर दिएको प्रहरीको भनाइ छ । ७० वर्षीया रुनि खनालको घटनास्थलमै मृत्यु भएको र उपचारका क्रममा २२ वर्षीया तारा श्रेष्ठको अर्घाखाँची अस्पतालमा मृत्यु भएको डीएसपी मल्लले बताउनुभयो । घाइतेलाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको छ। प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका छन्। घटनाको अनुसन्धान भैरहेको प्रहरी प्रमुख डिएसपी मल्लको भनाइ छ ।

साविक खिल्जी र असुरकोटको सिमाना दयठाटीमा १५/१६ भैलोका समूह नाच्ने परम्परा रहेको स्थानीय गणेश प्रसाद भण्डारीले बताउनुभयो । भैलो हेर्ने परम्परा अनुसार मानिसहरु त्यहाँ पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय