अनिल खत्री, गुल्मी । नेपाल कम्यनिष्ट पार्टी (एमाले) का उप–महासचिव प्रदीपकुमार ज्ञवालीले एमाले कुर्सी वा भुँइ जहाँ भएपनि जनताको सेवामा सदैव साथमा रहेको बताउनुभएको छ । बिहिबार नेकपा एमाले रेसुङगा नगर कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै नेता ज्ञवालीले देशका दुई ठूला दल मिलेर सरकार बनाउँदा जनतामा खुसीयाली छाएको बताउनुभएको हो।
उहाँले अब बिकासले पनि गति लिने बताउनुभयो । माओवादीले अस्थिरता मात्रै बोकेर हिड्दा राजनीतिक स्थायीत्व नभएको उहाँले बताउनुभयो । त्यसका लागि दुई ठूला दल मिल्नुको बिकल्प नरहेको ज्ञवालीको तर्क छ । कहिले एमाले र कहिले काँग्रेससँग मिलेर दोहोरो चरित्र देखाएका कारण देशमा राजनीतिक स्थायीत्व हुन नसके ज्ञवालीले बताउनुभयो।
देशमा राजनीतिक स्थायीत्व कायम भएकाले बिकास पनि बिस्तारै हुँदै जाने उहाँले बताउनुभयो। अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।



S.K. Creative Media Group