मित्र थापा
गौमुखी । गौमुखी गाउँपालिकाको ठुलावेशीमा भैलो प्रतियोगिता सप्पन्न भएको छ । प्रतियोगितामा प्रथम ठुलावेशी देउसी भैलो,
द्वितीय अग्लुङ देउसी भैली मदाने गाउँपालिका १ गुल्मी र तृतीय गौमुखी गाउँपालिका- ६ लिवाङ प्यूठान भएका छन ।

भैलो प्रतियोगितामा विजयी समूहले क्रमशः २५ हजार, २० हजार र १५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका थिए भने सान्त्वना पुरस्कार १०/१० हजार खुङ देउसी भैली र नरीकोट देउसी भैली लाई प्रदान गरिएको थियो ।

गौमुखी गाउँपालिका र ठुलावेशी बजारबासीको सहयोगमा एकीकृत विकास संघ युनेसीन प्यूठानको आयोजनामा एकादशी मेलाको अवसरमा देउसी भैली प्रतियोगिता कार्यक्रम आयोजना गरिएको थियो ।

पुरस्कार वितरण कार्यक्रममा प्रेम चन्दको अध्यक्षता, गौमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर रानाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको संचालन उपेन्द्र न्यौपानेले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय